देउता चढेको भन्दै लठ्ठी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ
सल्यान । सल्यानमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
हत्याको आरोपमा प्रहरीले जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई पक्राउ गरेको हो ।
नवीनलाई आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले आमाको टाउकोमा प्रहार गरेका थिए । नवीनले लठ्ठी प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको हो ।
नवीलाई अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
