राप्रपा नेपालद्वारा केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी भादौ ७ र ८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको हो ।
राप्रपा नेपाल पुनर्जागरणपछि बस्ने केन्द्रीय समिति बैठक पार्टी जीवनका लागि महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । यस्तै, बैठकमा राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ, सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुनेछ ।
बैठकमा महामन्त्री भाष्कर भद्राको सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनसहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन पेश गर्नेछ ।
