प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार १०:१०
file-photo

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

यस्तै, बाधा अकडाऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।