पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको ज्यान गयो

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ ।
कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटनामा हुँदा १५ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।
पाकिस्तानका रेल मन्त्री साद रफिकले लाहोरमा भएको पत्रकार सम्मेनलमा दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् ।
रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।