माओवादी केन्द्रका नेताहरुको विभाग हेरफेर

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार १५:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ ।

केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी हेरफेर गराएका हुन् । त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् ।

यस्तै, अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यसैगरी, देवेन्द्र पौडेलले मधेस प्रदेशको, चन्द्रप्रकाश खनाल बलदेवले कर्णालीको, डिलाराम आचार्यले सुदुरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका छन् ।