न्यायाधीशका पीएसओको पेस्तोल चोरेको आशंकामा दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार १०:२५
file-photo

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २४ वर्षी य वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुले गत असार ३० मा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।

खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।

पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।