माओवादी केन्द्रको आजको बैठकमा सदस्यहरूले धारण राख्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बुधबारदेखि सुरु भएको आज पनि जारी रहेन भएको हो ।
आजको बैठकमा हालसम्म झण्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
