अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १७:०५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, कैलाली र झापा गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको बिराटनगर महानगरापलिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित सोमबार सुनसरीको धरान उपमहानगरपालिका–१२ बस्ने ४० वर्षीय दिपक घिसिङ तामाङलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३, त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित सोमबार घोडाघोडी नगरपालिका–१० बस्ने २३ वर्षीय बेद चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित ईलाम सूर्योदय नगरपालिका–११ बस्ने २६ वर्षीय किरण राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।