राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकीकरण हुँदै
काठमाडौं । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो ।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार दिउँसो २ बजेबाट उक्त एकता सभाको औपचारिक कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थिति हुनेछ ।
