मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार ०९:२०
सांकेतिक तस्बिर

मकवानपुर । मकवापुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहागरपालिका वडा नम्वर १० बसपार्कबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने अन्दाजी १८ वर्षीय सुनिल साह र वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने अन्दाजी २० वर्षीय मोहमद ईमरान मन्सुर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, वीरगंजबाट नारायणगढतर्फ जान आउँदै गरेको ना. ६ ख ८९३७ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट लागूऔषध बरामद भएपनि निजहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई ल्याएको लागुऔधष डाईजेपाम १९९, फिनारगन १९५ र नुरफिन १९० ऐम्पुल बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।