कटुवा पेस्तोलसहित युवक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार १६:०३
सांकेतिक तस्बिर

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित विकास टोलबाट प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय राज कुमार तुम्बापो छन् ।

राजकुमारको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सो पेस्तोल बरामद भएको थियो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।