माओवादीको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
बैठक सोमबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार, पदाधिकारी बैठकले साउन १७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।