खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् ।
जिल्लाको घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगर मृत अवस्थामा फेला परेका हुन् ।
गत साउन ९ गते घोराही–७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका मगर चार दिनपछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
