लागूऔषधसहित अमेरिका र बेल्जियमका नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार १६:४५
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको ठमेलबाट लागूऔषधसहित प्रहरीले बुधबार दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफर रहेका छन् ।

उनीहरुलाई ठमेलको फ्यामेली हाउसको कोठा नम्बर २०२ बाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट अवैध लागूऔषध चरेश १ केजी र १० एमएलको सिबीडी झोल बरामद गरेको  छ ।

लागूऔषध भएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।