आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १०, बुधबार १६:२२

बारा । बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको आरोपमा मोहमदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेकोका हुन् । मोहमदलाई ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।