गैरहाजिर भएका प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

तु खबर संवाददाता
२०८० श्रावण १०, बुधबार ०९:१९
file-photo

काठमाडौं । विदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

साथै प्रहरीले सो अवधिमा गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

हेर्नुहोस् सूचना ।