लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ६, शनिबार १६:५७
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अवैध लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत रक्सौल बस्ने ४५ वर्षीया कृष्णा देवी बानियाँ र ६५ वर्षीय छटु राम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले लागूऔषध गाँजा २ केजीसहित पक्राउ गरेको हो ।