एमालेको कार्यबाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
काठमाडौं । नेकपा एमालेको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् ।
साथै उनले पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।
अध्यक्ष ओली गएराति नै कम्बोडिया प्रस्थान गरेका छन् । आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यबाहक अध्यक्ष र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन् ।
