बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०८० असार २७, बुधबार ०९:४३
सांकेतिक तस्बिर

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

उनलाई बहुविवाह गरेको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार, जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।