राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० असार २४, आईतवार १५:४६
file-photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको लाथि बोलाइएको बैठक स्थगित भएको छ ।

गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

उनले सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।

यस्तै, आजको लागि बोलाइएको संघीय संसद अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।