आज पनि बैंक तथा वित्तीय संस्था खुल्ने
काठमाडौं । आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको हो ।
बैंकले शुक्रबार निर्देशन जारी गर्दै असार २३ र ३० गते शनिबार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।
राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते विदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।



