स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी–५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन् । उनलाई प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बिआर ३० डब्लु ५३१२ नम्वरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला परेपछि निजालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
