कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार १६:३२

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्च अदालत रिट दर्ता गारएको छ ।

एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत् प्रदेश सरकारविरुद्ध रिट दर्ता गराएका हुन् ।

नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्रीसमेतलाई विपक्षी बनाइ शुक्रबार सवोृच्चमा रिट दर्ता गराएका हुन् ।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।