आजको राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १२ः२९ बजे बस्ने गरी बोलाइएको छ ।
सो बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।
जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।
सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्नेछन् ।
