शेयर बजारमा उच्च अंकको गिरावट

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १६:४१

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार सुधार आएको नेप्से बुधबार उच्च अंकको गिरावट आएको हो ।

बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७७ कम्पनीहरको ८० लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७ करोड ३९ लाख ९२ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकहरुमा राताम्य भएको छ । आज सर्वाधिक जीवन बीमा उपसूचक ३.३१ प्रतिशतले घटेको छ भने दोस्रोमा निर्जीवन बीमा उपसूचक २.७५ प्रतिशतले घटेको छ ।