बागमती प्रदेश सभाको बैठक बस्दै, विनियोजित विधेयकमाथि छलफल जारी रहने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल जारी रहने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसअघि मंगलबार बसेको प्रदेश सभाको पहिलो बैठकमा प्रदेशका आथिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले उक्त विधेयक विचार गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।
उक्त विधेयकमाथि मंगलबार सत्तापक्ष र प्रतिपक्षका २२ जना प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो जिज्ञाषा, सल्लाह र सुझाव दिएका थिए ।
