राष्ट्रिय सभा बैठक : विनियोजन विधेयकमाथि छलफल हुने

तु खबर संवाददाता
२०८० असार २०, बुधबार ०८:४२
file-photo

काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।