२१ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० असार १८, सोमबार १८:२४

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो ।

आज नेप्से परिसूचक २१ अंकले घट्दा ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ भने ९४ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, आज नेप्सेमा कारोबार भएका १३ समूहमध्ये २ वटा समूहको सूचक भने बढेको छ । होटल र टुरिजम तथा व्यापार समूहको सूचकमा उल्लेख्य वृद्धि आएको छ । होटल समूहको सूचक ११४ अंक र व्यापार समूहको सूचक १७ अंकले बढेको छ ।

यसबाहेक अन्य ११ वटा समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २३० अंकले घटेको छ ।