राष्ट्रिय सभाबाट एउटा विधेयक पारित

तु खबर संवाददाता
२०८० असार १५, शुक्रबार १८:३८
file-photo

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ बैठकमा पेश गरेका थिए ।