हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चारीको मोटरसाइकलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५, रातोमाटे चेकपोष्ट अगाडिबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको करहैयामाई नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष २४ को अरविन्द चौधरी र सोही ठाउँ बस्ने वर्ष २२ को अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरुलाई बा.प्र.०६–०२ प २३४ नं. को कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकल चोरी गरी लाने क्रममा फेला पारी पक्राउ गरेको हो ।
उक्त मोटरसाइकल चितवनबाट चोरी भएको भनि खुल्न आएपछि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि उनीहरुलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको प्रहरीले जनाएको छ ।
