नेप्से ३५.३७ अंकले घट्यो

तु खबर संवाददाता
२०८० असार १३, बुधबार १५:४८

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा ३५.३७ अंकको गिरावट आएको छ । मंगलबार ५० अंकमाथि उचालिएको शेयर बजारमा आज भारी अंकको गिरावट आएको हो ।

आज नेप्से ३५.३७ अंकले घट्दा २१५०.९९ को विन्दुमा कायम भएको छ । २८० सूचीकृत कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज एक सूचक बाहेक सबै राताम्मे भएको छ । आज जीवन बीमा क्षेत्रको उपसूचकमा मात्रै हरीयाली छाएको छ । जीवन बीमाको उपसूचक २.४६ प्रतिशतले बढेको छ ।