दाइजोको निहुँमा ‘लफडा’ गरेपछि दुलाहा पक्राउ

तु खबर संवाददाता
२०८० असार १३, बुधबार ०९:५९

काठमाडौं । काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित विवाह कार्यक्रममा ‘लफडा’ गरेपछि प्रहरीले दुलाहालाई पक्राउ गरेको छ ।

दाइजोको निहुँमा विवाद गरेर ५० लाख मागेको आरोपमा सुनसरी घर भएर ताहाचल बस्ने अनुराग रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, ३२ वर्षीय रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् । बेहुली पक्षले दिएको २२ लाख दाइजो अपुग भएको र जन्तीलाई राम्रो मेजमानी नभएको भन्दै रौनियार पक्षले ‘विवाद’ गरेका हुन् ।

दाइजो लिन नपाउने कसुरमा उनीविरुद्ध ५ दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।