बागमती प्रदेश सभाको बैठक स्थगित

तु खबर संवाददाता
२०८० असार १२, मंगलवार २०:१५
file-photo

मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विनियोजित बजेट २०८०/०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि सहमति हुन नसकेपछि आज साँझको बैठक स्थगित गर्न परेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उक्त सचिवालयले बैठक स्थगित भएको सूचना सार्वजनिक गरेको छ ।