बागमती प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
अपराह्न ३ बजेपछि बसेको प्रदेश सभा बैठक विभिन्न पाँच वटा समितिको नाम अनुमोदन भएको घोषणा गर्दै सभामुख भुवन कुमार पाठकले बैठक स्थगित गरेका हुन् ।
अपराह्न १ बजेको लागि बोलाइएको प्रदेश सभा बैठक २ घण्टा ढिला गरी ३ बजेपछि बसेको थियो ।
बैठकमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरुको नाम अनुमोदन गर्न सभामुख पाठकले प्रस्ताव गरेका थिए ।
