लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान लागूऔषध १४ किलोसहितसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कस्थित वीरगंज जाने काउण्टर नजिकैबाट उक्त परिमाणाको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा देश भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकिया बस्ने वर्ष ३४ को हनुमान विंद र सोही ठाउँ बस्ने वर्ष ३५ की शर्मिला मण्डल रहेका छन् । उनीहरुलाई प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंकास्पद रुपमा बसिरहेको उनीहरुलाई खानतलासी पुर्जी दिई रितपुर्वक चेकजांच गर्ने क्रममा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
