चट्याङले लियो मकवानपुरका ब्लोनको ज्यान

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–९, देउबुजेमा आइतबार चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
चट्याङ लागेर सिखरपुरका ३२ वर्षीय नविन ब्लोनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार दिउँसो ४ बजेको समयमा मामाको घर बाहिर बसेको ठाउँमा चट्याङ लागेर उनको घटनास्थलमानै मृत्यु भएको हो ।