कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०८० असार ८, शुक्रबार १५:४७

दाङ । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा विवाद हुँदा शिक्षा अधिकृत पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेका थए ।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेपछि शुक्रबार पक्राउ गरिएको हो ।