चोरीको मोटरसाइकलसहित मकवानपुरका घलान पक्राउ

तु खबर संवाददाता
२०८० असार ६, बुधबार १७:४३

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाबाट तीन वटा चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ बस्ने गणेशमान घलान रहेका छन् ।

घलानलाई गोदावरी नगरपालिकाबाट विभिन्न मितिमा चोरी भएको बागमती प्रदेश ०२–०३१ प २२८४ र बा.९५प ६०७० नम्बरको २२० सिसि र बागमती प्रदेश–०२–०२६ प ५३७१ नम्बरको १५० सिसिको तीन वटा पल्सरसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत बागमति गाउँपालिका–३ छपेली चेकप्वाईन्ट सवारी साधन चेकजाँच गर्ने क्रममा चापागाउँबाट बगुवातर्फ आउँदै गरेको तीन मध्ये दुई वटा मोटरसाइकल भागेको थियो भने घलानलाई नियन्त्रणमा लिएको थियो ।

पिच्छा गर्दै जाने क्रममा बगुवास्थित कान्तिलोकपथबाट चाबी सहितको दुई वटा मोटरसाइकल बरामद गरी अनुसन्धान सुरु गर्दा बागमती प्रदेश ०२–०३१ प २२८४ नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बाग्मती प्रदेश ०३–००५प ६१८७ बनाएर चलाएको समेत पाइएको छ ।

बागमती प्रदेश ०२–०२६ प ५३७१ नम्बरको मोटरसाइकल फर्काएर चापागाउँतर्फ भाग्ने क्रममा लडेर चोट लागे घलान पाटन अस्पतालमा एक हप्ताको उपचारपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०२–०२६ प ५३७१ नम्बरको मोटरसाइकल फर्काएर चापागाउँतर्फ भाग्ने क्रममा लडेर चोट लागेका घलानको पाटन अस्पतालमा एक हप्ताको उपचारपछि डिस्चार्ज भएका छन् । उनलाई सोमबार प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।