जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १५:५९

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार राति ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ९०० रुपैयाँ र ६ बुक तास बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको जनाएको छ ।