प्रतिनिधि सभा बैठक बस्दै, आज पाँच वटा मन्त्रालयमाथि छलफल हुने

तु खबर संवाददाता
२०८० असार ४, सोमबार ०८:२६
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।