हँसिया प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १०:२६
सांकेतिक तस्बिर

स्याङजा । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६, सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) रहेका छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका–१ बाट फेला पारी पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।