उपभोक्ता मन्च मकवानपुरमा अधिकारीको नेतृत्व
मकवानपुर । उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल, सकुन्तला ब्लोन, इश्वरी सिंह ठकुरी, लक्ष्मी श्रेष्ठ र श्रवण सुनार रहेका छन् ।
उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा अधिवेशन भएको हो । अध्यक्षमा चयन भएका अधिकारीले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । व्यापार व्यवसायमा आवद्ध भएकाहरुले उपभोक्ताको अधिकारलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
संस्थागत एवम् उपभोक्ताको हितमा योजनाबद्ध रुपमा अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए ।
