मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार १५:५४

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण जारी छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गरिरहेका छन् ।

आगामी आर्थिक वर्षमा हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामाले उल्लेख गरे ।

उनले आगामी आर्थिक वर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर पठनपाठन सुरु गरिने बताए ।