बागमती प्रदेशको बजेट भाषणः कृषक परिचयपत्र वितरण गरिने

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार १५:३१

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट भाषण सुरु गरेका छन् ।

उनले आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने उल्लेख गरेका छन् ।

कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रमा विपद्का कारण भएको क्षति न्यूनिकरण गर्न आवश्यक रकम विनियोजन गरिएको समेत मन्त्री लामाले उल्लेख गरे ।

त्यस्तै प्रदेशमा रहेका रैथाने जातका कृषि बाली उत्पादनलाई प्रोत्साहन गर्न रकम विनियोजन भएको छ ।