जसपाले बोलायो केन्द्रीय समिति बैठक

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार ०९:११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाले विधान अधिवेशनको तयारी गर्न यही असार ९ गते बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दैछ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन् । जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।