लागूऔषध चरेशसहित विदेशी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ २९, सोमबार १५:४३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज बिहान अवैध लागूऔषध चरेशसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ६ किलोभन्दा बढी चरशससहित एक जना जर्मन नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेका छन् । उनलाई टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका बेला पक्राउ गरेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

ती जर्मन नागरिकको राहदानी नम्बर  c9wl4kwol हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।