नदीमा डुबेर २ जना बेपत्ता

तु खबर संवाददाता
२०८० जेष्ठ २८, आईतवार ०८:३२
File Photo

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

जिल्लाको गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

बेपत्ता हुनेहरुमा गैंडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् ।

बेपत्ता भएका दुवै जनाको खोजीकार्य गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।