जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन घुससहित पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १५:३८

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बिहान शंखमुलबाट ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार, ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको टोली उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।