श्रोत नखुलेको भारतीय रुपैयाँसहित मगर पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार १५:०२
सांकेतिक तस्बिर

कपिलवस्तु । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–३ बस्ने २२ वर्षीय राज कुमार पुन मगर रहेका छन् ।

मगरलाई कृष्णनगर नगरपालिका–२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित मंगरबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।