धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या

तु खबर संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १६:४८

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार, भेडिहार दम्पतीको सोमबार राति उनीहरु बसोबास गर्दै आएको गोठमा हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । दम्पतीको हत्यामा संलग्नको पहिचान हुन बाँकी रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।